
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले स्थानीय चुनावमा केही सिटमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् ।
मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थानीय चुनावमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने चर्चालाई ठाकुरले इन्कार गर्न चाहेनन्।यद्यपि, यस विषयमा हालसम्म कुनै छलफल नभएको अध्यक्ष ठाकुरले स्पष्ट पारे।
अध्यक्ष ठाकुरलाई स्वागत गर्न लोसपाका नेता तथा कार्यकर्ताहरू जनकपुरधाम विमानस्थल पुगेका थिए। उनीसँगै पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी समेत जनकपुरधाम आएका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया