Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विश्वकप लिग टु छनोट : नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं : विश्वकप क्रिकेट लिग टु क्रिकेट छनोटका लागि १६ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा भएको छ।  लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजका नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

जसमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भिम शार्की  छन्। 

त्यस्तै ६ जना अफिसियलको पनि टुंगो लागेको छ। अफिसियलमा कैलाश विष्ट म्यानेजर, पुबुदु दशानायाके मुख्य प्रशिक्षक, प्रकाश शर्मा सहायक प्रशिक्षक, बिक्रम न्यौपाने फिजियो, रमण शिवाकोटी एनालिस्ट र  राज शर्मा ट्रेनरमा छन्।  

युएई जानुअघि नेपाली टोलीले श्रीलंकाका एक साता बढी तयारी गर्नेछन्। श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन्।

नेपाली टोली भोलि श्रीलंका जाने छ। श्रीलंकाबाटै नेपाली टोली  मार्च १४ मा युएई प्रस्थान गर्ने छन्। नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ। सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध मार्च १६ मा शारजहा क्रिकेट मैदानमा खेल्ने छ।

दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ।  नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ। नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ। लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।

ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ। १२ खेल खेलेको स्कटल्यान्ड १६ अंक, १६ खेल खेलेको अमेरिका १४, १० खेल खेलेको युएई १२ तथा ९ खेल खेलेको नामिविया १० दोस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन्।

नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP