Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेसलाई प्रचण्डको प्रश्न : सिंहासनमा पुर्‍याइदियाैँ, अहिले हामीलाई नै हेप्ने ?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। 

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनको विषयमा नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेको हुन्। 

कांग्रेस नेताहरुको अभिव्यक्तिप्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘हामी एक्लै चुनाव लड्न पनि सक्षम छौँ। कांग्रेसको प्रत्यक्षतर्फ हाम्रोभन्दा १० सिट कम हो। तर, हामीले नै बोकेर सिंहासनमा पुर्‍याइदिएका छौँ। अहिले हामीलाई नै अपमान गर्ने? यस्तो सहन सकिँदैन।’

गत शनिबार कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्तीको संज्ञा दिँदै गठबन्धनमा सामेल रहेको माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टी चमेरो भएको टिप्पणी गरेका थिए। 

प्रचण्ड र माधव नेपाललाई लक्षित गरेर उपसभापति गुरुङले भनेका थिए, ‘कांग्रेस हात्ती हो र हात्तीको ठूलो कानमा चमेरोहरू ओत लाग्न खोजेका छन्। चमेरोहरूलाई हात्तीले सहयोग गर्न सक्दैन। त्यसले हात्तीलाई दुर्गन्धित बनाउन सक्छ। हामी लम्किँदा मुसाले बाटो काट्दैमा केही हुँदैन।’ 

आगामी निर्वाचनमा प्रचण्ड-माधवले चार दलीय गठबन्धनलाई निरन्तरता दिन चाहेको भएपनि कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु शेखर कोइरालालगायत नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा भने गठबन्धन कायमै राख्नेबारे लचिलो छन्। तर, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने आगामी स्थानीय चुनावमा सत्ता गठबन्धनभित्रको तालमेलबारे अहिल्यै नै बोल्नु हतार हुने प्रतिक्रिया दिएका छन्। 

एक महिने चुनावी अभियानबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले गठबन्धनको चुनावी तालमेलबारे बोल्नुपर्ने आवश्यकता छैन, कसो गर्दा बढी सिट जितिन्छ त्यसैअनुसार अघि बढ्ने निर्णय हुन्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP