Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

फागुन २९ देखि कांग्रेसको एक महिने चुनावी अभियान, एमसीसी पारितदेखि कोरोना खोपसम्मको प्रचार गर्ने

काठमाण्डाै – नेपाली कांग्रेसले फागुन २९ गतेदेखि चुनाव केन्द्रित अभियान सुरु गर्ने भएको छ । नेपाली कांग्रेसले आज बुधवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता प्रकाशशरण महतले फागुन २९ गतेदेखि एक महिनासम्म घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । 

यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा आफ्नो मतदानको हकको प्रयोग गर्न, नेपाली कांग्रेसलाई विजयी गराउन र टोल–टोलमा पार्टीकाे सङ्गठन विस्तार गर्न अभियान चलाइएको कांग्रेसले जनाएको छ ।

अभियानका क्रममा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले तीन वर्षमा गरेका जनविरोधी काम, भ्रष्टाचार र असंवैधानिक कदमबारे नागरिकलाई जानकारी दिने, प्रतिपक्षमा बस्ने जिम्मेवारी रहे पनि संविधानको रक्षाका लागि सरकारमा जानुपरेको, नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोरोनाविरुद्धको खोप सहज भएको लगायत राम्रा कामको प्रचार, राष्ट्रिय सहमति गरेर एमसीसी पास गरेको लगायतका विषयको प्रचारप्रसार गर्ने कांग्रेसले जनाएको छ । 

अभियानका क्रममा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पुग्नेछ । अभियानका लागि नेपाली कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय र प्रदेश सभा क्षेत्रीय समिति र पालिका समितिलाई जिम्मेवारी दिनेछ । अभियानको अनुगमन पनि हुने कांग्रेसले जनाएको छ । 

यस्तै ज्येष्ठ नागरिक र समाजमा योगदान दिनेहरूलाई सम्मान, कांग्रेससँग नागरिक के चाहान्छन् भन्ने सुझाव लिने, मतदाताकै घर आँगनमा पुगेर मतदाता शिक्षा दिने लगायतका काम पनि हुने पार्टीले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP