Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्थानीय तह निर्वाचन : सत्ता गठबन्धनमा जुट्यो यस्तो सहमति, कसको भागमा कुन–कुन महानगरपालिका ?

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ दलहरुमा सहमति जुटेको छ । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने बताईरहेका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भन्दै सोहीअनुसार तयारी गर्न निर्देशन दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा खासगरी महानगरपालिकामा सत्ता गठबन्धनले भागबण्डा गरिसकेका स्रोतले जनाएको छ । गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा कांग्रेसको नेतृत्वमा चुनाव लड्ने करिब करिब सहमति भैसकेको छ । त्यस्तै, भरतपुर महानगरपालिका भने माओवादी केन्द्रले लिने भएको छ ।

उता, पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी) र वीरगञ्जमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले लिने भएको छ । कांग्रेसले काठमाडौंमा अहिलेकी उपमेयर हरिप्रभा खड्गीलाई मेयर बनाउनेगरि तयारी गरेको छ ।

उता, ललितपुरमा भने अहिलेका मेयर चिरिबाबु महर्जन नै उठ्ने चर्चा छ । विराटनगरमा पनि अहिलेका मेयर भीम प्रसाद पराजुली उठ्ने जनाईएको छ । माओवादी केन्द्रले भरतपुरमा पनि रेनु दाहाललाई नै निरन्तरता दिन चाहेको छ।

रेनुले राम्रो काम गरेको भन्दै उनलाई निरन्तरता दिनेबारे नेतृत्व तहमा करिब करिब सहमति भैसकेको छ । वीरगन्जमा पनि जसपाले अहिलेका मेयर विजयकुमार सरावगीलाई नै उठाउने चर्चा छ।

कांग्रेसमा शेखर कोइराला समूहले भने स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने भनेर सार्वजनिक रुपमै बोलिरहेको बेलामा सभापति एवम् प्रधानमन्त्री देउवाले भने भागबण्डाको सहमतिबारे गृहकार्य नै थालिसकेका छन् ।

आजमात्रै पनि प्रधानमन्त्री देउवाले गठबन्धन नगरी चुनाव लड्दा कुनै एक दलको बहुमत नआउने दाबी गरेका छन् । उनले पछिल्लो समय गठबन्धनलाई आगामी तीनै तहको निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP