Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपालीको शिर ननिहुरिने गरी काम गर्छु : मन्त्री आले

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली नागरिकको शिर ननिहुरिने गरी काम गर्ने बताउनुभएको छ । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आज शुक्रवार काठमाण्डौमा आयोजना गरेको छैटौँ राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो । 

आफू सधैँ नेपाली नागरिक र देशको हितमा काम गर्दै आएको र आफ्नो पद रहुन्जेलसम्म नागरिक र देशकै विकासका लागिपर्ने उहाँको भनाइ छ । ‘म जति घण्टा, जति महिना र जति दिन मन्त्री पदमा रहन्छु, त्यत्ति नै समय म देश र नागरिकका हितका लागि नै काम गर्छु । देश र नागरिकबाहेक अन्य मेरा लागि ठूलो कुनै कुरै छैन’, उहाँले भन्नुभयो । 

मन्त्री आलेले दलित, जनजाति समुदायहरू विगतदेखि राज्यको उत्पीडनमा परेका हुनाले उनीहरूलाई माथि उकास्न आफू सधैँ कटिबद्ध रहेको बताउनुभयो । 

गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेका पश्चिमतिरका दलित समुदायको पीडा झन् दयनिय रहेको मन्त्री आलेको भनाइ थियो । कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका विरुद्ध काम गर्ने तीन जनालाई सम्मान गरिएको थियो । 

कार्यक्रममै मन्त्री आलेले आर्थिक अवस्था नहुँदा पढाइबाट वञ्चित भएकी डोटीको शिखर नगरपालिका–१ कपल्लेकीकी बालिका चम्पा सार्कीलाई कक्षा १० देखि स्नातकसम्मको पढाइ खर्च आफूले बेहोरेको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP