Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रमसँग नागरिकता विधेयकका सम्बन्धमा छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाउने विषयमा छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री खाँणले यही फागुन २३ र २५ गते मन्त्रालयमा प्रतिनिधिसभा सदस्यहरुसँग भएको छलफलबारे जानकारी गराउनुभएको थियो । छलफलमा उहाँहरुले राजनीतिक दलका नेताहरूले राखेका धारणाबारे प्रधानमन्त्री देउवालाई ‘ब्रिफिङ’ गर्नुभएको थियो ।

उक्त छलफलमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको प्रतिवेदन र विधेयकलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा कुराकानी भएको जनाइएको छ ।

नागरिकता विधेयक नहुँदा नागरिकता वितरणमा समस्या देखिएको भन्दै सरकारले राजनीतिक दलबीचको सहमतिमा उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

गृहमन्त्रीसँग चिनियाँ राजदूतको भेट

गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

गृह मन्त्रालयमा शुक्रबार भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको थियो । भेटमा चिनियाँ उच्चपदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो ।

गृहमन्त्रीसँग विश्वकर्माको भेट

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनबारे छलफल भएको थियो ।

छलफलमा नेकपाका प्रवक्ता विश्वकर्माले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमतिबमोजिम रिहाइ गर्न आग्रह गर्नुभयो ।

गृहमन्त्री खाँणले प्रक्रिया पु¥याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाइ गर्न पहल गर्ने आश्वासन दिनुभएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भएको छ ।

छलफलमा नेपाल सरकारकातर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पार्टीका महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP