
कपिलवस्तु ।
जिल्लाको शिवराज नगरपालिका वडा न ७ को आयोजनामा भएको वडा अध्यक्ष कप क्रिक्रेट प्रतियोगिताको उपाधी पुस्पाराज क्रिक्रेट कल्व रुद्रपुरले हात पारेको छ । शिवराज नगरपालिका ७ को जवाभारीमा सनिवार भएको फाईनल खेलमा सान क्रिक्रेट कल्वलाई पराजीत गर्दै पुस्पाराज क्रिक्रेट कल्व रुद्रपुरले जित हात पारेको हो ।
टस जितेर व्याटिङ गरेको सानले निधारित १६ ओभरमा ९ विकेट गुमाएर १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि व्याटिङमा उत्रीएको पुस्पाराजले एक वल अगाडी ८ विकेट गुमाएर लक्ष्य भेटाएको थियो । वलिङ तर्फ पुस्पाराजको लागी गंगेस हरिजनले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
४ ओभर वलिङ गरेका हरिजनले ३ विकेट लिएका हुन हरिजन आजको टिमको म्यान अफ म्याट वनन सफल भएका छन । वडा कप विजेता टिमलाई शिवराज नगरपालीका वडा न ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीले नगद सहित पुरस्कृत गरेका छन । विजेता पुस्पाराज रुद्रपुर ट्रफि मेडल र नगद १५ हजार रुपैया हात पारेको छ । उपविजेता सान कल्वले ट्रफि मेडल सहित नगद १० हजार हात पारेको छ ।
कुल १६ टिमको सहभागीता रहेको प्रतियोगीताको फाईनल खेल आज भएको हो । खेल पश्चात पुस्कार वितरण कार्यक्रमलाई संवोधन गर्दै वडा अध्यक्ष चौधरीले वडामा क्रिक्रेटको क्रेज राम्रो भएकाले प्रतियोगीताको आयोजना गरेको वताएका छन । उनले खेलवाट केहि उत्कृष्ट खेलाडीहरु अगाडी आएको वताउदै उनीहरुलाई प्रोत्साहन गरिने वताएका छन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया