Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जसपा केन्द्रीय सदस्यको माग :  ‘टिकट व्यापारीलाई होइन, कार्यकर्तालाई देउ’

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्यहरुले पार्टीका कार्यकर्तालाई मात्र चुनावको टिकट दिन नेतृत्वलाई सुझाव दिएको छ । आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ माथि आ-आफ्नो धारणा राख्ने क्रममा सो सुझाव दिएको हो । 

निर्देशिकाले उम्मेदवारको योग्यता र छनौटबारे निर्क्योल गरेपछि केन्द्रीय सदस्यहरुले सो सुझाव दिएका हुन् । केन्द्रीय सदस्य गजेन्द्र ठाकुरले पैसाका बलमा टिकट लिएर चुनाव जितेकाहरू अहिले भटाभट पार्टी छाडेर हिँडिरहेको बताए ।  पैसाको थैली बुझाएर टिकट लिनेहरुको दौडधूप देखिएको भन्दै उनले त्यसमा सतर्क रहन आग्रह गरे । 

उनले भने, ‘पर्सा महानगरपालिका मेयर विजय सरावगी पार्टीबाट कसरी टिकट पाए सबैलाई थाह छ । तर आज उनी पार्टी छाडेर हिडेँका छन् ।  यस्ता थुप्रै व्यक्तिहरु पार्टी छाडेर गइसकेका हुनाले पार्टीले धनी, पैसावालालाई होइन, तल्लो तहमा पार्टीका लागि काम गरेका, आन्दोलनमा योगदान दिएकालाई टिकट दिनुपर्छ ।’ पैसा तिरेर टिकट लिनेहरू जहाँ फाइदा हुन्छ त्यही जाने गरेको तथा पार्टीसँग मतलब नहुनेलाई टिकट दिन नहुने उनले बताए । 

केन्द्रीय सदस्य लिलादेवी सिटौलाले पनि पार्टीमा योगदान दिनेलाई मात्र टिकट दिन सुझाव दिइन् । उनले भनिन्, ‘पार्टीमा योगदान दिनेलाई टिकट दिँदा त्यो स्थायी हुन्छ । भनुसुनका आधारमा वा व्यापारीलाई टिकट दियो भने त्यो अस्थायी हुन्छ । त्यसैले स्थानीय तहको चुनावका टिकट वितरण गर्दा यस्ता कुराहरूका ख्याल गनुपर्ने हुन्छ ।’ ​ पैसाबालाहरुको लिंक माथिसम्म हुन्छ, उनीहरुले माथिमाथि नै टिकट मिलाउँछ तलका नेताहरुलाई केही थाह हुँदैन भन्दै उनले त्यस्ता व्यक्तिबाट सजग रहनुपर्ने सुझाव दिइन् । 

केन्द्रीय सदस्य विनोदकुमार गुरुङले गण्डकी प्रदेशमा जसपा खाली नै भएकाले यसको जिम्मेवारी कसले लिने भनि प्रश्न गरे । पार्टीमा कस्ता नेता ल्याउन, कस्ता नल्याउने त्यो कुरामा ख्याल गरिएन भने विस्तारै पार्टी यसरी नै खाली हुँदै जाने उनको गुनासो थियो । केन्द्रीय सदस्य रेवती झाले सरकारले तय गरेका साझा न्युनतमको आधारमा काम नभए चुनावका घाटा लाग्ने धारणा राखेकी थिइन् । उनले भनिन,  ‘सरकारका साझा न्यूनतम कार्यक्रममा मधेशका पनि थुप्रै कुराहरु छन् । यदि त्यो पुरा भएन भने चुनावमा हामीले जनतालाई जवाफ दिनुपर्छ । त्यसैले पार्टीबाट सरकारमा रहनु भएका मन्त्रीहरुले यसको बारेमा ध्यान दिनुपर्छ ।’ उनले जसपा संघीय तथा प्रदेश सरकारमा रहेकाले  के काम गरेको छ त्यसको जवाफ जनताले माग्ने भन्दै उनले यसमा अहिलेदेखि सचेत रहेन बताइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP