Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेसले रुखबाहेक अन्त भाेट हाल्दैन, सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : सभापति बलायर

डोटी – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताउनुभएको छ । नेपाली कांग्रेस डोटीले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत बडीकेदार गाउँपालिकाको खड्यौलीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिममा अहिलेसम्म गठबन्धन नभएको र अबका दिनमा पनि नहुने बताउनुभएको हो ।

नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन सरकार रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेससँग गठबन्धनमा नरहेको स्पष्ट पार्दै सभापति बलायरले चुनावमा पनि गठबन्धन नहुने बताउनुभएकाे हाे । माओवादी र एकीकृत समाजवादीले एकातर्फ गठबन्धन भन्ने तर अर्कातर्फ कांग्रेसलाई पेल्ने गरेकाले पनि गठबन्धन नहुने उहाँको जिकिर थियो । 

सुदूरपश्चिममा कांग्रेस एक्लैले बहुमत ल्याएर विजयी हुने दाबी गर्दै उहाँले अघिल्लो चुनावमा बढी मत बदर भएका कारण पार्टीमा डोटीमा सङ्घीय संसदकाे चुनावमा हार बेहाेर्नुपर्काे दाबी गर्नुभयो । उहाँले आउँदाे चुनावमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई सुझाव दिनुभयाे । 

नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनताले कुनै पनि हालतमा आफ्नो चुनाव चिह्न ‘रुख’ बाहेक अन्त मत हाल्न नसक्ने उहाँकाे भनाइ छ । बलायरले भन्नुभयो, ‘अन्य ठाउँमा के हुन्छ थाहा छैन, सुदूपश्चिममा गठबन्धन छैन र हुँदैन । कांग्रेसका हातले रुख चुनाव चिह्नबाहेक अन्त भोट हाल्दैन ।’ 

नेपाली कांग्रेस डोटीले जिल्लाका नौ वटै पालिकामा ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिरहेको छ । हिजाे आइतवार जोरायल गाउँपालिकाबाट सुरु गरिएको अभियान आज ३० गते बडीकेदारमा सञ्चालन गरिएको हाे । यस्तै चैत १ गते बोगटान फुड्सिल, २ गते केआईसिंह, ४ गते सायल, ५ गते आदर्श गाउँपालिका तथा ६ गते दिपायल सिलगढी नगरपालिका, ७ गते पूर्वीचौकी गाउँपालिका र ८ गते शिखर नगरपालिकामा सञ्चालन गरिने जिल्ला सभापति नरेन्द्र सिंहले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP