Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सिर्जनालाई इरानमा रजत, नेपाललाई फेयर प्ले अवार्ड

काठमाडौं । नेपालकी सिर्जना घिसिङले इरानको तेहरानमा आयोजित विश्व तेक्वान्दो प्रेसिडेन्ट कप एसियन रिजन पारा तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेकी छन् ।

सोमबार फाइनल स्पर्धामा इरानकी फतेमेह दोदांगेसँग ११–३३ अंकका आधारमा पराजित हुँदा सिर्जना स्वर्ण जित्न चुकेकी हुन् ।

पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत ५२ केजीमाूनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी सिर्जनाले क्वार्टरफाइनलमा इरानकै सहर घानबारी कोमिशानीलाई ५–३ अंकका आधारमा पराजित गरेकी थिइन् भने सेमिफाइनलमा टर्कीकी मेर्यम बेटुल काभडारलाई ११–१० अंकका आधारमा हराएकी थिइन् ।

प्रतियोगितामा नेपालबाट सिर्जना मात्र सहभागी थिइन् । प्रतियोगिताको फेयर प्ले अवार्ड नेपालले पाएको तेहरानबाट प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिएका छन् ।

आसन्न एसियाली पारा खेलकुदमा सहभागिता सुनिश्चितताका लागि वरीयता बढाउन तेक्वान्दो संघले सृजनालाई यो प्रतियोगितामा पठाएको हो । उनीसहित पारा युथ एसियाली खेलकी स्वर्ण विजेता पलेशा गोवर्द्धन र सोही प्रतियोगितामा कांस्य जितेका विशाल गर्वुजालाई पारा एसियाली खेलकुदमा पठाउने तयारी छ । पारा युथ एसियाली खेलकुदमा सिर्जनाले पनि रजत जितेकी थिइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP