Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राम्रो काम गर्ने पार्टी कांग्रेस नै रहेछ भन्ने जनताले बुझिसकेका छन्, बहुमत ल्याउँछाैँ : महामन्त्री शर्मा

सङ्खुवासभा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताउनुभएको छ । आज मङ्गलवार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अन्य पार्टीको तुलनामा देश र जनताको पक्षमा राम्रा कामहरू कांग्रेसले गरेकाले उसकै पक्षमा बहुमत आउने बताउनुभयो । 

महामन्त्री शर्माले कोरोनाको महामारीमा जनताले हाच्छिउँ गरेर कोरोना भाग्छ भन्नेलाई मत दिने कि जनताका लागि खोप दिइ जीवन बचाउनेलाई मत दिने भन्ने सचेत मतदाताले छुट्टाउने भएकाले कांग्रेसको पक्षमा मत आउने दाबी गर्नुभयो ।

‘एमसीसीको पक्षमा मौन बस्ने र विरोध जनाउनेलाई मत दिने कि एमसीसी परियोजनामार्फत आममानिसको समृद्धि हुन्छ भन्नेलाई मत दिने भन्ने आम मतदाताले छुट्टाउनेछन् । कांग्रेस आफैँले सरकारमा रहेर चुनाव गराउँदा २०१५ साल, ४८ र ५६ सालमा बहुमत ल्याएको थियो । २०६४ र ७० सालमा दोस्रो पार्टी हुन पुगे पनि जनताको पक्षमा राम्रो काम गर्ने पार्टी कांग्रेस नै रहेछ भन्ने जनताले बुझिसकेका छन् । आउँदो चुनावमा कांग्रेसले बहुमत प्राप्त गर्नेमा कुनै शङ्का नै छैन’, उहाँले भन्नुभयो ।

आउँदो चुनावमा कांग्रेस गठबन्धनसहित अगाडि बढ्छ कि एक्लै चुनाव लड्छ भन्ने विषयमा केन्द्रीय समितिको बैठकले टुङ्गाउने महामन्त्री शर्माले बताउनुभयो ।

गएको चैत २९ गतेदेखि नेपाली कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरेको सन्दर्भमा प्रशिक्षण दिन महामन्त्री शर्मा सङ्खुवासभा आउनुभएको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP