Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आज मध्यरातिदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाण्डाै – सरकारले आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । चुनावी माहोलले गर्दा दलहरू गाउँ केन्द्रित भएको र एमालेको निरन्तरको अवरोधका कारण संसद् बैठक प्रभावकारी ढङ्गले सञ्चालन नभएकाे निष्कर्षसहित सरकारले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । 

संसद्को चालु अधिवेशन गएको मङ्सिर २८ गते सुरु भएको थियो । यो अधिवेशनमा अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित हुनुबाहेक अरू महत्त्वपूर्ण काम हुन सकेन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP