Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एउटै विधेयक पारित नभई संसदको विधेयक अधिवेशन अन्त्य, ४२ वटा विधेयक अलपत्र

काठमाण्डाै – संघीय संसदको दुवै सदनका चालु हिउँदे अधिवेशन अन्त्य भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको हिउँदे अधिवेशन गएराति १२ बजेदेखि अन्त्य गर्नुभएको संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयले निकालेको सूचनामा आजका लागि तोकिएको प्रतिनिधि सभा बैठक र माघ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको उल्लेख छ । मङ्सिर २८ गते शुरु भएको अधिवेशनमा जम्मा ७ घण्टा ५० मिनेट संसदीय काम कारबाही भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको दशौँ अधिवेशन अवधिभर प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण प्रायः अवरुद्ध रह्यो । एमाले अवरोधका बीच सञ्चालन भएको बैठकबाट अमेरिकी सहयोग एमसीसी पारित हुनुबाहेक अरु उल्लेख्य काम हुन सकेन ।

संसदको विधेयक अधिवेशन एउटै विधेयक पारित नभई सकिएको हो । यस अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता नभएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा अघिल्ला अधिवेशनबाट विभिन्न चरणमा रहेका ४२ विधेयक प्राप्त भएका थिए । अधिवेशन अन्त्यसँगै नागरिकता लगायतका महत्वपूर्ण विधेयक अलपत्र परेका छन् । यस्तै राष्ट्रिय सभामा पनि १५ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् ।

एमालेको अवरोधकैबीच दशौँ अधिवेशनबाट ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लगायतका केही अध्यादेश स्वीकृत भए । चालु अधिवेशन अन्त्यसँगै प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा विरुद्धको महाअभियोग माथिको छलफल पनि अनिस्चित बनेको छ ।

जबरा माथिको महाअभियोग प्रस्तावमाथि आजदेखि छलफल शुरु गर्ने गरि मिति तोकिएको थियो । संसद अधिवेशन सकिएसँगै निलम्बनमा परिसक्नुभएका प्रधान न्यायशीध चोलेन्द्र समशेर जबरा विरुद्धको महाअभियोग टुङ्गो लाग्ने सम्भावना पनि कम भएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP