
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसिया क्षेत्रीय डिर्पाटमेन्टका महानिर्देशक केनियो योकोयामाले भेटवार्ता गर्नु भएको छ ।मन्त्रालयमा आज बुधवार भएको भेटका क्रममा महानिर्देशक योकोयामाले नेपालमा नयाँ परियोजना निर्माणका लागि एडीबीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
मन्त्रालय र एडीबीबीच विगतदेखि विकासका कामका सहकार्य भइ कतिपय काम सम्पन्न भएका र फेरि पनि नयाँ काममा एडीबीले सहयोग गर्ने महानिर्देशक योकोयामाले आश्वासन दिनुभयो । भेटका क्रममा भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एडीबीको सहयोगमा भएका विकासका कामका विषयमा छलफलसमेत भएको थियो ।
महानिर्देशक योकोयामाले एडीबीको सहयोगमा निर्माण सम्पन्न भएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कोभिड–१९ का बाबजुद पनि सम्पन्न भएकाले चाँडो अन्तर्राष्ट्रिय उडान गर्न शुभकामना दिनुभयो ।
मन्त्री आलेले एसियाली विकास बैंकको सहयोगमा नेपालमा थुप्रै विकासका काम भएका र भविष्यमा पनि नयाँ परियोजना निर्माणका लागि आवश्यक पर्ने सहयोगको अपेक्षा राख्नुभएको थियो ।
यसैगरी मन्त्री आलेले नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा थप नयाँ परियोजनामा सहयोग गर्नका एडीबीलाई आग्रह गर्नुभएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया