
जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको चुनावमा लाउड स्पिकर चुनाव चिन्ह पाउने भएको छ ।
राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूलाई आफ्नो चुनाव चिन्ह् नदिने व्यवस्था थियो । तर आज बसेको निर्वाचन आयोगको बैठकले दलको मान्यता नपाएका दलहरूलाई समेत उनीहरुको आफ्नै चुनाव चिन्हलाई मान्यता दिने निर्णय गरेको हो ।
आयोगको यो निर्णयपछि जनमत पार्टीसहितका साना दलले आफ्नो चुनाव चिन्ह स्थानीय तहको निर्वाचनमा पाउने भएको छ । कतिपय चलले पार्टीको चुनाव चिन्ह नदिए चुनाव बहिष्कार गर्ने चेतावनी दिएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया