Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विश्वकप लिग–टु : नेपाल र युएई भिड्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२  त्रिकोणात्मक सिरिजमा नेपालले आज युएईसँग खेल्दै छ। सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो।  युएई र नेपालबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

यूएई र नेपाल एसोसिएट राष्ट्रका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा ४ पटक आमनेसामने भएका छन्। जसमा नेपाल र यूएई दुवैले २-२ पटक जित हात पारेका छन्।

सन् २०१९ मा नेपालले युएईलाई पराजित गर्दै ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएको थियो। तीन खेलको सिरिजमा पहिलो खेलमा पराजित भएपनि नेपालले बाँकी २ खेलमा कमब्याक गर्दै ऐतिहासिक सिरिज जितेको थियो।

विश्वकप समेत खेलिसकेको यूएई पछिल्लो समय एसोसिएट राष्ट्रको पावर हाउसको रुपमा स्थापित हुँदै छ। गत महिना ओमानमा भएको आईसीसी टी(ट्वान्टी विश्वकप छनोटमा समेत नेपालको लागि यूएई तगारो बनेको थियो।

नेपाल १० अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ। युएई १५ खेलमा ८ जित र ५ हार तथा एक खेलमा अंक बाँड्दै १८ अंकसहित दोस्रो स्थानमा रहेको छ। 

सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोली सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP