Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मुख्य दलहरु चुनावी घोषणापत्र बनाउने तयारीमा

काठमाण्डाै – मुख्य राजनीतिक दलहरुले स्थानीय तह चुनावको लागि घोषणापत्र बनाउने तयारी सुरु गरेका छन् । केन्द्र र स्थानीयस्तरबाट दुई थरी घोषणापत्र बनाउने दलहरुको तयारी छ। केन्द्रबाट नीतिगत र स्थानीयस्तरबाट सम्बन्धित पालिकाका योजना समेटिएका घोषणापत्र बनाउन लागिएको हो।मुख्य दुई दल एमाले र कांग्रेसले घोषणापत्र निर्माण समिति गठन गरिसकेका छन्।

एमालेले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा ११ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ । एमालेको स्थायी कमिटीको बैठकले घोषणापत्रको मस्यौदामाथि थप सुझाव सङ्कलन गर्ने निर्णय पनि गरेको छ।

हिजो बसेको बैठकले घोषणापत्र तयारीका लागि भर्चुअल बैठक गर्ने निर्णयसमेत गरेको छ । भर्चुअल बैठकमा प्रदेश तथा जिल्ला, पालिकाका प्रमुख, उपप्रमुख, मस्यौदा समितिका तोकिएका विज्ञ, परराष्ट्र र कानुनी मामिलाका सदस्य सहभागी हुने एमालेले जनाएको छ ।  

चुनावी घोषणापत्रको मस्यौदामा स्थायी कमिटी सदस्यले आउँदो २० गतेसम्म लिखित सुझाव दिनेछन् । त्यसपछि घोषणापत्रलाई अन्तिम रुप दिने एमालेले जनाएको छ । यस्तै नेपाली कांग्रेसले पनि स्थानीय तह चुनावका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ । समितिको संयोजकमा महामन्त्री गगन थापा हुनुहुन्छ ।

माओवादीको केन्द्रीय कार्यालयले पनि घोषणापत्र बनाउने तयारी थालेको छ । चुनाव नजिकिएसँगै दलका नेता कार्यकर्ता गाउँटोल पनि पुग्न थालेका छन् ।

एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राप्रपा लगायतका दलका नेताहरुले गाउँटोलमा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको चुनाव आउन अब ४६ दिन बाँकी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP