
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङ जाँदै छन्। खोटाङको दिक्तेलमा आयोजना हुने पार्टीको बृहत् चुनावी जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लागेको सचिवालयले जनाएको छ।
सभामा अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउनेछन्। जनसभालाई भव्य बनाउन उषाकला राईको संयोजकत्वमा अतिथि सत्कार तथा अध्यक्षलाई स्वागत, रमेशकुमार पौडेलको संयोजकत्वमा प्रचार–प्रसार समिति, रामप्रसाद दंगालको संयोजकत्वमा विभिन्न पार्टीमा रहेकालाई पार्टी प्रवेश गराउने कार्यक्रम, खडेन्द्र राईको संयोजकत्वमा हलेसीमा हुने कार्यक्रम व्यवस्थापन र देवबिक्रम राईको संयोजकत्वमा जनपरिचालन समिति बनाइएको छ। ओली हलेशी महादेव मन्दीरको दर्शनमा पनि जानेछन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया