Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जनता प्रगतिशील पार्टी भन्छ– ‘गठबन्धन संस्कृतिको भण्डाफोर गरौँ’

काठमाण्डाै – हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले स्थानीय तह चुनावमा दलीय गठबन्धनलाई तोडेर अघि बढ्न आम मतदातालाई आह्वान गरेको छ । सत्तारुढ दलहरूले गठबन्धन गरेर स्थानीय तह चुनाव लड्ने तयारी गरिरहेका बेला जनता प्रगतिशील पार्टीले यस्तो आह्वान गरेको हो । 

आज शनिवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुभएका नेता डा. शिवजी यादवले दलहरूलाई रोजेर जनताले मत दिने अधिकारलाई कटौती गर्ने भएकाले पनि आफ्नो पार्टीले गठबन्धन तोडेर चुनावमा जानुपर्ने अडान लिएको स्पष्ट पार्नुभयो ।

नेता यादवले भन्नुभयो, ‘चुनावमा जाँदा गठबन्धन गरेर जान हुन्न । दलहरू आ–आफ्नो विचार बोकेर जनतामा जाने हो । दलीय व्यवस्थामा गठबन्धनको संस्कृति विरोधभाषी क्रियाकलाप हो । त्यो यथाशीघ्र रोक्नुपर्दछ । गठबन्धनको संस्कृति तोड्नलाई स्वतन्त्र उम्मेदवारलाई, जनतालाई डेलिभरी दिने व्यक्तिलाई मत दिएर अगाडि बढाउनुहोस् ।’

त्यस अवसरमा उहाँले आफ्नो पार्टीले आम जनता र खासगरी किसानको माग सम्बोधन गर्न लागिपरेको भन्दै मतदान गर्न पनि सबै मतदातालाई आग्रह गर्नुभयो । 

जनता प्रगतिशील पार्टी नेपालले स्थानीय तहको चुनावमा जाँदा स्थानीय तहमा भएको भ्रष्टाचारको भण्डाफोर गरेर जाने पनि जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP