Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदै

काठमाण्डाै – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ ।  काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नु हुनेछ ।  

प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ ।  तीन दिने औपचारिक भ्रमणका लागि गएको शुक्रबार भारत पुगेका प्रधानमन्त्री देउवाले हिजो समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको थियो ।  भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गर्नु भएको थियो । यस विषयमा भारतीय विदेश मन्त्रालयले समेत सकारात्मक प्रतिक्रिया दिएको छ ।

हैदराबाद हाउसमा भएको पत्रकार सम्मेलनमा मोदीले भने सीमाका विषयमा केही बोल्नु भएन् । लगत्तै भारतका विदेश सचिव हर्षवर्धन शृंगलाले पत्रकार सम्मेलन गर्दै सीमाका सम्बन्धमा वार्ता माध्यममार्फत जिम्मेवारीपूर्ण रूपमा सम्बोधन गर्नुपर्ने र यो विषयलाई राजनीतीकरण गर्न नहुने बताउनुभयो ।

यस्तै, हिजो दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन  गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP