Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

देश बनाउने अभियानमा सहभागी हुन एमालेमा आउनुस् : अध्यक्ष ओली

पर्सा – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभियानमा सहभागी हुनका लागि सबैलाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको छ । अन्य पार्टी ठिक नभएकाले पनि एमालेमा आएर देश बनाउने अभियानमा सहभागी हुनुपर्ने उहाँकाे तर्क छ । 

आज मङ्गलवार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कतिपय भ्रममा परेर अन्य पार्टीमा रहेको भन्दै उनीहरूलाई पनि एमालेमा प्रवेश गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कतिपय साथीहरू विभिन्न प्रकारणको भ्रममा परेर अथवा अप्ठ्यारोमा फसेर विभिन्न पार्टीमा अल्झिएर वा रुमल्लिएर रहनु भएको होला । ती पार्टीहरू काम लाग्दैनन् । ती परित्याग गरेर नेकपा एमालेमा आउन र देश बनाउने महाअभियानमा सामेल हुन सबैलाई हार्दिक आग्रह, अनुरोध गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले केही स्वार्थी मान्छेहरूले आफूलाई मधेस विरोधी भनेर हल्ला चलाएको आरोपसमेत लगाउनुभयो । तर आफू मधेसको मान्छे भएको उहाँको दाबी थियो । अध्यक्ष ओलीले मधेसमा भैँसीका पिठ्युँमा बसेर कसरी चराउनुपर्छ भन्ने आफूलाई थाहा भएको उल्लेख गर्दै सबैभन्दा सजिलो विकास गर्न मधेसमा रहेको पनि बताउनुभयो । 

यसैगरी केही दिनअघि एमालेमा प्रवेश गर्नुभएका वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले अब मधेसलाई बेच्न छोड्न मधेसवादी दलहरूलाई चेतावनी दिनुभयो । उहाँले मधेसवादी दलका नेताहरूप्रति इङ्गित गर्दै अब मधेस र व्यापारीहरूलाई भजाउन सक्ने अवस्था नरहेको बताउनुभयो । 

मेयर सरावगीले मधेसवादी दलहरूले मधेसको नाममा जहिले पनि आफ्नो दुनो मात्रै सोझ्याउने काम गरेको आराेप लगाउनुभयाे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP