Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

याे सरकार तुरुन्तै ढल्नुपर्छ, नत्र देश बरबादीतिर धकेलिन्छ : अध्यक्ष ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बरबादीतिर धकेलिने दाबी गर्नुभएकाे छ । आज बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बरबादीतिर धकेलिने बताउनुभएको हो । उहाँले बैंकसँग पनि लगानीका लागि दिने पैसा नभएकाले देश सङ्कटमा रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘खल्तीमा कसैको पैसा हुँदैन, बैंक त्यसै कारण खोलेका हुन् । कुनै पनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ । अहिले नयाँ लगानीका लागि कुनै सम्भावना छैन किनभने बैंक पैसा दिन सक्दैन । बैंक पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बरबादीतिर धकेल्छ ।’

अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने कटाक्ष पनि गर्नुभयाे । उहाँले सरकार ढाल्न आफूहरूले कोसिस नगर्ने स्पष्ट पार्नुभयो । एमालेले सरकारमा नभइ चुनावमा ध्यान दिइरहेको उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको यो गठबन्धन सरकार कुहिएर झर्ने बेलातिर जाँदैछ । यो झर्छ । यो सरकार ढाल्न हामी कोसिसै गर्दैनौँ । त्यसो भएर हामी अहिले सरकारको बारेमा कतै ध्यान दिइराखेको छैनौँ । चुनावमा ध्यान दिइराखेका छौँ ।’

अध्यक्ष ओलीले स्थानीय तह चुनावसम्म गतिका साथ पार्टीका काममा खट्न नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP