
हेटौंडा : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याउने निर्णयमा आपत्ति जनाएका छन्।
बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश ल्याउने निर्णय गरेको थियो। उक्त अध्यादेश जारी भएसँगै प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग हुने भएपछि पूर्वमुख्यमन्त्री पौडेलले आपत्ति जनाएका हुन्। पौडेलले प्रदेश सरकारको नेतृत्व गर्दा मकवानपुर जिल्लाको एकमात्र सरकारी अस्पताललाई प्रतिष्ठानमा गाभेका थिए।
तर प्रदेश सरकारले अस्पताललाई अलग्याउने र प्रतिष्ठानलाई चितवन सार्ने प्रयत्नस्वरुप अध्यादेश ल्याइएको भन्दै पौडेलले असन्तुष्टि जनाएका छन्। उनले बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो नेतृत्वको सरकारले हेटौंडा अस्पतालको स्वामित्वसमेत लिने गरी प्रतिष्ठानमार्फत हेटौंडा अस्पतालको स्तरोन्नति गरेको दाबी गर्दै अध्यादेशमार्फत अस्पताल र प्रतिष्ठानलाई छुट्याउनु गलत भएको बताए।
मकवानपुरे जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हुँदै गरेको प्रतिष्ठान र अस्पताललाई टुक्राउने र कमजोर बनाउने कामको मकवानपुरबाटै निर्वाचित प्रदेशसभा सदस्य र मन्त्रीले समेत रोक्ने प्रयत्न नगर्नु दुःखद् भएको पौडेलको भनाइ छ। ‘मकवानपुरे जनताको सेवा, सुविधामा हस्तक्षेप हुने निर्णयमा कम्तिमा मकवानपुरबाटै निर्वाचित प्रदेशसभा सदस्य र मन्त्रीले समेत विरोध नगर्नु दुःखद् विषय हो’, उनले भने।
आफू नेतृत्वको सरकारले प्रदेशकै गौरवको योजनाको रुपमा अगाडि सारेर उल्लेखनीय उपलब्धि हासिल गरेको प्रतिष्ठानलाई सार्ने, कमजोर बनाएको उनको आरोप छ। प्रतिष्ठानमातहत आएपछि हेटौंडा अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्यामा वृद्धि भएको, सघन उपचार कक्ष (आइसियू), एचडियू वार्ड स्थापित हुनुका साथै प्रयोगशालाको क्षमता विकास गरेको पौडेलले उल्लेख गरे।
प्रतिष्ठानको थप विकासका लागि छुट्याइएको डेढ अर्ब बजेट ५/५ लाखका टुक्रे योजनामा खर्च गर्ने वर्तमान सरकारको यो निर्णय कार्यकर्ता पाल्ने योजना मात्र भएको आरोप पौडेलले लगाए। प्रदेश सरकारले भने प्रतिष्ठानलाई स्वायत्त संस्थाको रुपमा स्थापना गर्न र आफ्नै अस्पतालको व्यवस्था गर्न अध्यादेश ल्याउन लागिएको बताएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया