
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी र आदिवासी जनजातिको अधिकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारणले स्थापना हुन नसकेको आरोप लगाएका छन्।
सिरहाको मिर्चैयामा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘म प्रष्टसँग भन्न चाहन्छु एमाले र केपी ओली भन्ने नेताका कारणले नै मधेसी जनताको पहिचान र अधिकारको संशोधन प्रस्ताव पारित हुन सकेन।’ जनआन्दोलनका वेलामा मधेसी जनताको अधिकार र पहिचानको लागि आफैँले कुरा उठाएको दाबी उनले गरे।
दुई चोटी मधेसी र आदिवासी जनजातिको अधिकारलाई संविधान संशोधन गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारणले अगाडि बढ्न नसकेको आरोप उनको थियो।
यसका साथै उनले आफूलाई नेपाली जनताको छोरो भएको सावित गर्नकै लागि सिरहाबाट चुनाव लडेको स्मरण गरे। उनले भने, ‘म दोस्रो पटक सिरहाको यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएको थिएँ। यहीँका जनताको सक्रिय सहभागिताकै कारणले म निर्वाचित भएको थिएँ। मेरा लागि सिरहा जिल्ला र यो क्षेत्र परिचित ठाउँ हो। मेरो राजनीतिक रुपमा घनिष्ट रुपले जोडिएको जिल्ला र क्षेत्र हो यो।’
उनले मधेसी जनताप्रति आफ्नो ठूलो विश्वास र भरोसा भएको बताए। प्रचण्डले भने, ‘म संविधानसभाको दोस्रो निर्वाचनमा यहाँ आएको थिएँ। पहिलोमा रोल्पाबाट लडेँ, काठमाडौंबाट लडेँ, अब मधेशी जनताको मत लिएर लड्छु भनेर यहाँ आएको थिएँ। प्रचण्ड भनेको पहाडिया र बाहुन मात्रै होइन। प्रचण्डको भनेको नेपाली जनताको छोरो हो भनेर सावित गर्न चाहन्छु भनेर यहाँ आएको थिएँ।’
दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीभित्र घेराबन्दी भइरहेको वेलामा केही नेताहरूले कुरा नबुझेर पार्टी विभाजन गर्ने गल्ती गरेको समेत उनले बताए। ‘हामीले ६४ मा ठूलो सफलता प्राप्त गरे पनि ७० सालमा धेरै ठाउँमा पराजित हुन पुग्यौं। म त्यस वेलामा काठमाडौं र सिरहाबाट उठेको थिएँ। काठमाडौंमा हारेँ, सिरहामा जितेँ’ उनले भने, ‘तपाईंहरूले नजिताएको भए दोस्रो पटक प्रधानमन्त्री बनेर राष्ट्रिय एकता गरेर संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने अधिकार प्राप्त हुने थिएन।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया