Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एकीकृत समाजवादीकाे पक्षमा जनलहर आउन लागेकाे अध्यक्ष नेपालकाे दाबी

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताउनु भएको छ ।

अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिन्ह कलम पनि भन्न थालेको दावी गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित पार्टीको जनसभामा बोल्दै उहाँले गफाडीहरुले गफ गर्दै जाने उल्लेख गर्दै आफूहरुले भने देश र जनताको पक्षमा काम गरेर देखाउने बताउनु भयो । एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले गफाडीहरुलाई गफ गर्न र अरुको अपमान गर्न दिँदा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीको पक्षमा जनलहर नै आइरहेको छ । अहिले जनताले सबै ठाउँमा कलम भन्न थालेको छन । एकीकृत समाजवादी भन्न थालेको छन । गफाडीलाई गफ गर्न दिनोस् । अरुको अपमान गर्न दिनोस् । हामी काम गरेर देखाऔं । इमान्दारिता, निष्ठा, समर्पणले काम गर्ने गरौं । कसैले हामीलाई हेप्न नसकून् ।’

अध्यक्ष नेपालले विना कामको भ्यूटावर र गेट बनाउने नाममा स्थानीय तहमा अर्बौ बजेट खर्च भईरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले सो रकम युवाहरुलाई निर्व्याजी ऋणको रुपमा सरकारले दिएको भए जनता गाँस र बासको अभावमा छटपटिनुपर्ने अवस्था अन्त्य हुने दाबी समेत गर्नु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP