Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सरकारले विवादास्पद निर्णय र नियुक्ति गरेको भन्दै चौतर्फी आलोचना

काठमाण्डाै – पालिका चुनावको आचारसंहिता लागू हुनुअघि सरकारले विवादास्पद राजनीतिक नियुक्ति र निर्णय गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

सरकारले हिजो मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गरेको खबर सार्वजनिक भएको छ । अस्ति बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेसँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा पर्नुुभएको छ ।

गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको छ ।

अर्थमन्त्रीले अर्थतन्त्रमा जोखिम बढाएको भन्दै आलोचना भइरहेको बेला सरकारले गभर्नरमाथि छानबिन गर्ने निर्णय गरेको हो । गभर्नर अधिकारीले प्रधानमन्त्री र अर्थमन्त्रीका केही विवादास्पद प्रस्ताव रोकिदिएकाले उहाँमाथि त्यसकै प्रतिशोध साँधेको हुन सक्ने आशङ्का गरिएको छ ।

गभर्नर अधिकारीमाथिको सरकारी कदमले अर्थतन्त्र थप बिगार्ने भन्दै सत्तारुढ दलकै नेताहरुले आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारलाई निर्णयको आलोचना गरेको छ । एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो अक्षमता छोप्न अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई निसाना बनाएको टिप्पणी गर्नुभएको छ । 

आजदेखि पालिका चुनावको आचारसंहिता लागू हुने भएपछि अस्ति बसेको मन्त्रिपरिषद् बैठकले अरु पनि विवादास्पद निर्णय र नियुक्ति गरेको भन्दै आलोचना भइरहेको छ ।सरकारले मन्त्रिपरिषदमा गैरसांसद रहेका व्यक्ति अधिवक्ता गोविन्दप्रसाद शर्मालाई कानुनमन्त्रीको रुपमा नियुक्त गरेको छ । केपी शर्मा ओलीको पालामा गैरसांसद व्यक्ति मन्त्री बनाएको भन्दै सर्वोच्चमा परेको मुद्दामा वकालत गर्ने अधिवक्ता नै अहिले गैरसांसद कोटामा मन्त्री भएको भन्दै आलोचना भइरहेको छ ।

यस्तै, सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत गरेको छ । अस्ति बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो दाहाललाई राष्ट्रिय सभामा मनोनयन गर्नुभएको हो ।

यस्तै, सरकारले बिहीवार टेलिकमको प्रबन्ध निर्देशकमा महालेखाले समेत अनियमिततामा संलग्न भएको यकिन गरेका, ओली सरकारका पालामा सेक्युरिटी प्रेस खरिद र ओम्नी समूहसँग जोडिएका सुनिल पौडेललाई नियुक्तिको निर्णय गरेको छ ।

यसैगरी लामो समयदेखि खाली रहेका देशमा राजदूत नियुक्तिको सिफारिस गर्दा राजनीतिकतर्फ भएका १२ जनामा विज्ञता भन्दा बढ्ता राजनीतिक कार्यकर्ता र पहुँचवाला नेताका नातेदारलाई प्राथमिकता दिइएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, ऊर्जामन्त्री पम्फा भुसाल र कांग्रेस नेता रामचन्द्र पौडेलका आफन्त यसपटक राजदूतमा परेका छन् । राजदूत नियुक्ति सम्बन्धी निर्देशिकालाई लत्याउँदै यसअघि केपी शर्मा ओलीको सरकारको पालामा जस्तै गरी ‘राम्रोलाई भन्दा हाम्रो’ लाई नियुक्तिको सिफारिस गरेको भन्दै आलोचना भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP