Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सत्ता गठबन्धनको उम्मेदवार चयन प्रक्रियामा अलमल

काठमाडौं : स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्तारुढ दलहरु उम्मेदवार चयन प्रक्रियामा अलमलमा परेका छन्। उम्मेदवार चयनको मोडालिटी तय गर्न नसक्दा दलहरु उम्मेदवार चयन प्रक्रियामा अलमलमा परेका हुन्। मतदानका लागि एक महिनाको समय मात्र बाँकी रहँदा नेतृत्वको अलमलले चुनाव प्रचारप्रसारको काम समेत रोकिएको छ। 

गठबन्धनमा आबद्ध दलहरुले निर्वाचनको तयारीका लागि भन्दै गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समिति निरन्तर छलफलमा समेत जुट्न सकेको छैन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित समितिका सदस्य एवम् नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले समितिले आवश्यकताका आधारमा छलफल गर्ने बताए। समितिले यसअघि हिजो शनिबारसम्ममा सबै प्रदेश, जिल्ला र स्थानीय तहलाई स्थानीयस्तरमा दलको अवस्थाको रिपोर्ट दिन समय दिएको थियो। तर सबै जिल्लाबाट रिपोर्ट प्राप्त भइसकेको छैन। 

स्थानीय तहमा तालमेलका लागि अधिकांश जिल्लामा गठबन्धनका समन्वय समितिहरु गठन भए पनि ती समितिले साझा उम्मेदवार सिफारिस गर्न सकेका छैनन्।

सबैजसो महानगरपालिका, उपमहानगर तथा चर्चामा रहेका नगरपालिकामा गठबन्धनका सबै दलको दाबीका कारण समन्वय समितिहरुले प्रभावकारी रुपमा काम गर्न नसकेका हुन्। यसअघि एकल रुपमा चुनाव प्रचार थालिसकेका दलहरूसमेत तालमेलको निर्णयपछि सुस्ताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP