Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

गठबन्धनसँग न देश बनाउने भिजन छ न कुनै लक्ष्य : महासचिव पोखरेल

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनसँग कुनै भिजन नै नभएको दाबी गरेका छन्। मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै नसक्ने गरी थला पारेको पनि उनको आरोप छ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा भूकम्पले थिलथिलो बनाएको देशको अवस्थालाई एमालेले उठाएको उल्लेख गर्दै पाँच दलीय गठबन्धनको सरकारसँग देश बनाउने कुनै भिजन नभएको दाबी गरेका छन्।

‘नेकपा एमालेले भूकम्पले थिलोथिलो भएको देशलाई उठायो। जनताका मुर्झाएका सपनालाई जगायो। विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो। स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भू-भाग समेटेर नयाँ नक्सा प्रकाशित गर्‍यो‚’ महासचिव पोखरेलले लेखेका छन्‚ ‘तर‚ मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसायो।

तर पनि स्वर उनिहरूकै ठूलो छ गठबन्धन गरेर एमालेलाई हराउँछौं। कस्तो विडम्बना– पाँच दलीय गठबन्धनसँग न कुनै देश बनाउने भिजन छ न त कुनै गन्तव्य र लक्ष नै।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP