Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

निर्वाचन आयाेगले एकीकृत समाजवादी र शशांक काेइरालालाई स्पष्टीकरण साेध्याे

काठमाण्डाै – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

गएकाे शनिवार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आयोगमा परेपछि तीन दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र पठाएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । 

यस्तै आयोगले नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालालाई पनि स्पष्टीकरण सोधेको छ । कोइरालालाई चुनाव खर्च विवरणबारे स्पष्टीकरण दिन भनेको हो । नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोइरालाले आयोगमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण बुझाए पनि सार्वजनिक कार्यक्रममा चुनावमा ६ करोड रुपैयाँ खर्च गरेको अभिव्यक्ति दिएको भन्दै आयोगले सात दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको हो । कोइरालाले केही दिनअघि एक कार्यक्रममा चुनाव खर्च महँगो हुँदै गएको र आफूले अघिल्लो चुनावमा ६ करोड रुपैयाँ खर्च गर्नुपरेको बताउनुभएको थियो । 

यसैबीच पालिका चुनावका लागि अहिलेसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यस्तै चुनावको मिति घोषणा भएपछि आचारसंहिता लागू हुनुअघिसम्म २३ हजार आठ सय जना मतदाता थपिएको आयोगले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP