Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आइपिएल टि-२० मा हैदरावादको रोमाञ्चक जित


एजेन्सी
-इण्डियन प्रिमियर लिग (आइपिएल) टि–२० क्रिकेटमा सनराइजर्स हैदरावादले रोमाञ्चक जित निकालेको छ। सोमवार राति मुम्बईमा भएको खेलमा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो।

आइपिएलको जारी सिजनमा गुजरात टाइटन्सको यो पहिलो हार हो। पहिले ब्याटिङ गरेको गुजरातले सात विकेट गुमाएर १६२ रन बनाएको थियो। गुजरातका हार्दिक पाण्डयाले ४२ बलमा अविजित ५० रन बनाए। अभिनव मनोहरले २१ बलमा ३५ रन बनाउँदा हैदरावादका भुवनेश्वर कुमार र टी नटराजनले २–२ विकेट लिए।

जवाफमा हैदरावादका कप्तान केन विलियम्सनको शानदार ५७ रनको मद्दतले पाँच बल बाँकी रहँदै आठ विकेटले खेल जित्यो। विलियम्सनले ४६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ५७ रन बनाए। हैदरावादका लागि निकोलस पूरनले १८ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै अविजित ३४ रन बनाएर टोलीको जित सुनिश्चित गरे।

अहिलेसम्म दुवै टोलीले चार–चार खेल खेलिसकेका छन्। गुजरातले चार खेलमा तीन खेल जितेको छ भने एक खेलमा हार व्यहोरेको छ। जहाँ हैदरावादले दुई खेलमा हार र दुई खेलमा जित निकाल्न सफल भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP