Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भरतपुरमा गठबन्धन नमान्ने कांग्रेसका वडा सभापतिको निर्णय

चितवन -नेपाली कांग्रेसको भरतपुर महानगरपालिकाका वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।

जिल्ला पार्टी कार्यालय भरतपुरमा उपलब्ध २७ जना वडासभापतिको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा पार्टीकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ । यदि कुनै पदमा तालमेल गरी अरु दललाई दिएमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी पनि उनीहरुले दिएका छन् ।

‘नेपाली कांग्रेसको केन्द्र, जिल्ला तथा महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि हामी वडा सभापतिहरु कुनै पनि गठबन्धन नगर्ने निर्णय गर्दछौं’ उनीहरुको निर्णयमा भनिएको छ ।

बैठकको अर्को निर्णयमा भनिएको छ, ‘‍…मेयर, उपमयेरसहित सबै वडाहरुमा नेपाली कांग्रेसको अध्यक्षसहित ५ जनानै उम्मेदवार उठाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरियो ।’

उनीहरुले उक्त निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाएका छन् । वडा नं. १५ का वडा सभापति ज्योतिप्रसाद कँडेलको अध्यक्षतामा बसेको वडा सभापतिहरुले बैठकले मेयर, उपमेयर, वडा अध्यक्षसहितका सबै सदस्यमा कांग्रेसको उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ । त्यसो नभई अरु दललाई दिइएका पदमा कांग्रेसका तर्फबाट स्वतन्त्र उम्मेदवार उठाइने निर्णय बैठकले गरेको वडा सभापति ज्योति कँडेलले बताए ।

कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले वडा सभापतिहरुले बैठकको निर्णय आफूलाई बुझाएको बताए । ‘उहाँहरुले कुनै पनि हालतमा कांग्रेसको समर्थनमा अर्को पार्टीको मेयर बन्न हुन्न भन्ने निर्णय गर्नुभएको रहेछ’ सभापति खनालले भने, ‘उहाँहरुको भावनाको प्रतिनिधित्व पार्टीले पनि गर्दै आएको छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP