
काठमाडौं : यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन्।
महासङ्घको मंगलबार सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो। यसअघि तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष भएका स्वाँर छैँटौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्।
महासङ्घको महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा अर्जुन गौतम निर्विरोध निर्वाचित भए।
यसैगरी, ट्याक्सीतर्फको वर्गीय संयोजकमा प्रकाश तिवारी तथा बागमती प्रदेशबाहेक सबै प्रदेशको प्रदेश संयोजकसमेत निर्विरोध भएको छ। महासङ्घको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा भने निर्वाचन भएको थियो। वरिष्ठ उपाध्यक्ष तीन पदको लागि चार जनाको उम्मेदवारी परेको थियो।
आज विहान सम्पन्न मतगणनाबाट वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी, पुन्यप्रसाद (सरोज) सिटौला र ऐनकुमार शाही निर्वाचित हुँदा केदार पौडेल पराजित हुन पुगे। वरिष्ठ उपाध्यक्षमा सिटौलाले सबैभन्दा बढी मत ल्याए। उनले ८१५ मत खसेकोमा ५ सय ५५ मत पाए भने केसी र शाहीले समान ४३२ मत प्राप्त गरे। पौडेल भने पराजित हुन पुगे। महासंघमा तीन जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था छ।
यस्तै, सात उपाध्यक्षको पनि टुंगो लागिसकेको छ। सबैको मतगणना सकिएको र केहीबेरमै सबै नतिजा सार्वजनिक हुने महासंघको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया