
रोल्पा – नेपाली कांग्रेस रोल्पाले सबै पालिका र वडामा आधा हिस्सा नपाए गठबन्धन नगर्ने भएको छ । कांग्रेस राेल्पाले हिजाे मङ्गलवार जिल्ला पार्टी कार्यालयमा गरेको वृहत् छलफलबाट जिल्लाका १० पालिकामध्ये पाँच वडामा प्रमुख र पाँच वडामा उपप्रमुखमा दाबी गर्ने निष्कर्ष निकालेको हो । यस्तै ७२ वडामध्ये ३६ वडामा एक सदस्यसहित अध्यक्ष र ३६ वडामा तीन वटा सदस्य पाउनैपर्ने र याे नभए एक्लै चुनावमा जाने जनाएको छ ।
गठबन्धन दलहरूले कांग्रेसको निर्णय मान्न तयार भए गठबन्धन गर्ने नभए सौहार्दपूर्ण तरिकाले एक्लै चुनावमा जाने निष्कर्षमा पुगेको नेपाली कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यले बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र १४ औँ महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्याशीहरूको उपस्थितिमा भएको बैठकको सुझावअनुसार हामी निष्कर्षमा पुगेका हौँ । यसरी नै चुनावमा जाँदा उपयुक्त हुने हाम्रो ठहर छ ।’
कांग्रेस राेल्पाले बैठककाे निर्णयअनुसार चुनावमा भाग लिन पार्टीका क्षेत्र, पालिका तथा वडा समितिहरूलाई निर्देशन पनि दिएको जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया