Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आईपीएलमा नवप्रवेशी गुजरातको रवाफ कायमै, चेन्नईको पाँचौँ हार

काठमाडौ : इन्डियन प्रिमियर लिगमा नवप्रवेशी गुजरातले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। आइतबार भएको खेलमा गुजरातले सर्वाधिक सफल मध्येको एक टिम चेन्नईलाई ३ विकेटले पराजित गर्दै लिगको ६ खेलको समाप्तिमा पाँचौं जित निकाल्यो।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य गुजरातले १ बल बाँकी हुँदा ७ विकेट गुमाएर पुरा गर्‍यो।

पहिलो ब्याटिङ गरेको चेन्नईका लागि ऋतुराज गाइकवाडले सर्वाधिक ७३ रनको योगदान गर्दा अम्बाती रायडुले ४६ रन बनाए। त्यस्तै रविन्द्र जडेजा २२ रनमा अविजित रहँदा सिभम दुवेले १९ रन बनाएका थिए।

जवाफमा खराव सुरुवात गरेको गुजरातका लागि डेभिड मिलरले सानदार इनिङ खेल्दै टीमको जित निश्चित गरे। मिलर ९४ रनमा अविजित रहँदा उनलाई कप्तानी समालेका रसिद खानले ४० रन जोडेर साथ दिएका थिए। रसिदले २१ बलमानै २ चौका र ३ छक्का प्रहार गर्दै टीमको जित निश्चित गरेका थिए।

दुई खेलाडी बाहेक अन्यको प्रदर्शन गतिलो रहेन थप दोहोरो स्कोरका रुपमा ऋद्दिमान साहले ११ रन जोड्दा अभिनभ मनोहरले १२  रन जोडे। १६ रन जोड्दै ३ विकेट गुमाएको गुजरातले ८७ रन जोड्दा ५ विकेट गुमाएको थियो। चेन्नईका लागि ड्वेन ब्राभोले ३ विकेट लिंदा महेश थिकसाना र मुकेश चौधरी र रविन्द्र जडेजाले १-१ विकेट लिएका थिए।

जितसँगै गुजरात १० अंकका साथ शीर्ष स्थानमा कायम राखेको छ। त्यस्तै समा ८ अंकका साथ नवप्रवेशी लखनउ सुपर जाइन्टस दोस्रो रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो र सनराइजर्स हैदरावाद चौंथो स्थानमा रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP