Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

म्याग्दीमा सत्ता साझेदार दलबीच सहमति जुटेन, सामाजिक सञ्जालमा पोखिँदै असन्तुष्टि

म्याग्दी : स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता साझेदार दलका नेता–कार्यकर्ता सामाजिक सञ्जालमा असन्तुष्टि पोख्न थालेका छन्।

सत्ता गठबन्धनमा आबद्ध मुख्य दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह भागबण्डामा कुरा नमिलेपछि नेताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका हुन्। 

पटकपटक बैठक बसेर छलफल गर्दा पनि कुन स्थानीय तहमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहमति जुट्न नसकेपछि जिल्लामा सत्ता साझेदार दलहबीच चुनावी तालमेल हुन नसक्ने देखिएको हो। बैठक निष्कर्षविहीन भएपछि दलहरूले आ–आफ्नो तयारी थालेका छन्। 

माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले एमाले हराएर काँग्रेसलाई ठूलो बनाउन माओवादी सहयोगी नहुने चेतावनी सामाजिक सञ्जालमार्फत दिएका छन्।

शुक्रबार बेनीमा बसेको गठबन्धनको बैठकमा भागबण्डा नमिलेपछि माओवादी केन्द्रका जिल्ला संयोजक जुग्जाली (सुविन) ले समाजिक सञ्जालमा माओवादीले नेकपा एमालेलाई हराएर काँग्रेसलाई ठूलो पार्टी बनाउने ठेक्का लिन जरुरी नभएको भनाइ सार्वजनिक गरेका हुन्। उनले फेसबुकमा लेखेका छन् ‘माओवादीले एमालेलाई हराएर कांग्रेसलाई ठूलो पार्टी बनाउने ठेक्का लिन जरुरी छैन । समयले पर्खँदैन आफ्नो पूरा शक्तिका साथ हरेक चुनौतीको सामना गरौँ, जो चुनौतीसँग खेल्न रमाउँछ, त्यसैको साथमा हुनेछ हरेक अवसर।’

त्यस्तै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले पनि नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा र माओवादीका संयोजक जुग्जालीलाई फेसबुकमा ट्याग गर्दै ‘गठबन्धन भनेको मिल्ने हो निल्ने होइन, कसैले दिने कसैले लिने पनि होइन’ लेखेका छन्। विश्वकर्मा र जुग्जालीका स्टाटसले सत्ता गठबन्धन संकटतर्फ बढेको सहजै अनुमान गर्न सकिन्छ।

गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, संघीय समाजवादी र राष्ट्रिय जनमोर्चा आबद्ध छन्। नेपाली काँग्रेसले मालिका गाउँपालिका माओवादीलाई छाड्न नमानेपछि गठबन्धनमा संकट पैदा भएको एक नेताले बताए। कांग्रेसले जितेको पालिका माओवादीलाई कुनै पनि हालतमा छाड्न नसकिने अडान काँग्रेसले लिएको छ।

जिल्ला संयोजक नै उम्मेदवारका आकांक्षीले आफ्नो दलले जसरी पनि मालिका पाउनुपर्ने अडानमा माओवादी छ। कांग्रेसले भने माओवादीलाई मंगला र धवलागिरि गाउँपालिका दिन तयार भएको छ। यस्तै नेकपा एकीकृत समाजवादीले पनि जिल्लामा एक स्थानीयको प्रमुख माग गरेको छ।

आपसी भागबण्डा नमिल्दा म्याग्दीमा सत्तगठबन्न संकटतर्फ धकेलिएको एक नेताले बताए। गठबन्धन संकटमा परेसँगै माओवादीले पनि आफ्नो पार्टीका तर्फबाट उम्मेदवार छनोट गर्न थालेको छ। माओवादीका जिल्ला संयोजक जुग्जाली चुनावी अभियान लिएर मालिकाको गाउँगाउँ पुगेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP