
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ७ रनले पराजित गरेको छ।
राजस्थानले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो। कोलकाताका कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय इनिङ खेले। आरोन फिन्चले ५८ रन बनाएपनि जित पर्याप्त भएन।
राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए। ओबेड म्याककोयले २ तथा प्रसिद्ध कृष्ण र रविचन्द्र आश्विनले १–१ विकेट लिए ।
यस टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो। राजस्थानका लागि जोस बट्लरले १ सय ३ रनको शतकीय इनिङ खेले। सन्जु सामसनले ३८ रन जोड्दा शिम्रन हिटमायरले अविजित २६ रन बनाए।
कोलकाताका सुनिल नारायण २ विकेट लिए। जितसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। कोलकाता छैटौं स्थानमा रहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया