Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आईपीएलमा मुम्बईको लगातार सातौँ हार

काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको जारी सिजनमा मुम्बई इन्डियन्स लगातार ७ औँ पटक पराजित भएको छ। गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको हो।

१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। चेन्नईका लागि अम्बाती रायुडूले ३५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए। महेन्द्रसिंह धोनी १३ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा अविजित रहे। 

चेन्नईलाई अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा धोनीले अन्तिम बलमा चौका प्रहार गर्दै जित पक्का गराएका हुन्।  मुम्बईका ड्यानियल साम्सले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। जयदेव उनादकटले २ र राइली मेरिडीथले १ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी टस हारेर ब्याटिङ गरेको घरेलु टोली मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो। 
मुम्बईका मध्यक्रमका ब्याटर तिलक बर्माले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको अविजित इनिङ खेले। चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए। ड्वेन ब्राभोले २ विकेट लिए।

चेन्नई ७ खेलमा २ मा जित र ५ माहार सहित नवौं स्थानमा छ। मुम्बई ७ खेलमा जितबिहीन हुँदै तालिकाको पुछारमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP