Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपालले एमसीसी सम्झाैता पारित गरेकाेमा अमेरिकी सांसदले दिए धन्यवाद : थप सहयाेग गर्ने प्रतिबद्धता

काठमाण्डाै – नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन् । 

नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाण्डौको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरुको टोलीले राखेकाे समूहका संयोजक डा. मिनेन्द्र रिजालले जानकारी दिनु भयो ।

अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरुले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुका साथै नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएकाे थियो ।

‘नेपालको समृद्धिका लागि, नेपालको जनजीविकाको लागि र नेपालको समावेशी विकासका लागि सहयोग पुर्‍याउने क्रममा दुवै पार्टीका सांसदको सहयोग रहनेछ, जुनसुकै सरकार भए पनि । त्यो सहयोग निरन्तर रुपमा रहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो’, समूहका संयोजक डा. रिजालले भन्नु भयो, ‘नेपालको भौतिक पूर्वाधार निर्माणका लागि, नेपालको पर्यटन क्षेत्रको विकासका लागि र स्वच्छ र नविकरण ऊर्जाका लागि नेपाल अत्यन्तै महत्वपूर्ण स्रोत भएको देश हुन सक्दछ, दक्षिण एशीयाका लागि भन्ने कुरा हामीले राख्यौं ।

त्यसमा उहाँहरुले सन्तोष व्यक्त गर्नु भयो । अनि नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पुर्‍याएको सहयोगको बारेमा कुरा गरियो । र, उहाँहरुले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।’

दुई देशबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरुले नेपाल भ्रमण गर्नु भएको हो । टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटगरी द्वीपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP