
काठमाडौं : स्पेनिस कोपा डेल रेको उपाधि रियल बेटीसले जितेको छ। रियल बेटीले १७ वर्षपछि उपाधि जित्ने क्रममा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्न सफल भयो। भ्यालेन्सियाले भने पछिल्लो पटक २०१९ मा कोपा डेल रे को उपाधि जितेको थियो।
खेलमा बेटीसले भ्यालेन्सियालाई पूर्ण रुपमा दबाबमा राख्दै खेल नियन्त्रणमा लिएको थियो। खेलमा बेटीसले बोर्जा इग्लासियसको गोलमार्फत ११ औं मिनेटमानै अग्रता हासिल गरेको थियो। तर ह्युयुगो डुरोले ३० औं मिनेटमानै गोल गर्दै भ्यालेन्सियालाई बराबरीमा ल्याए।
त्यसपछि निर्धारित तथा अतिरिक्त समयमा दुबै तर्फबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट लिएको थियो। जहाँ बेटीसले बाजी मार्दै २००५ पछि पहिलो पटक कोपा डेल रेको उपाधि हात पार्यो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया