Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

गठबन्धनमा भागबन्डा मिलाउन अझै सकस, कांग्रेसका उम्मेदवार टुङ्गाे लाग्न बाँकी

काठमाण्डाै – सत्तारुढ गठबन्धनले तालमेल गरेर उम्मेदवारी दिने भने पनि विभिन्न जिल्लामा समस्या भएको छ । ६६ भन्दा बढी जिल्लामा समस्या देखिएको गठबन्धनका दलहरुले बताएका छन् ।

एकीकृत समाजवादी र जसपाका नेताहरुले विभिन्न जिल्लामा आफ्नो दललाई उपेक्षा गरेको गुनासो गर्दै आएका छन् । आज उम्मेदवार मनोनयनअघिसम्म बाँडफाँट मिलाउन अधिकतम कोसिस गर्ने सत्ता गठबन्धनका नेताहरुले बताएका छन् ।

हिजो बसेको गठबन्धनको बैठकले पाँच दल बाहिर तालमेल नगर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिका माओवादीको भागमा परे पनि कांग्रेस नेता जगन्नाथ पौडेले बागी उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

यस्तै पोखरा महानगरपालिकाका वडाहरूमा भागबन्डा नमिलेको र अरु चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । यस्तै सत्तारूढ गठबन्धनको भागबन्डा विपरीत एकीकृत समाजवादीले ललितपुर महानगरमा मेयर र उपमेयर उम्मेदवार घोषणा गरेको छ ।

यस्तै नेपाली कांग्रेसले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिका ६ उम्मेदवार चयन गर्न सकेको छैन । चार दिनदेखि लगातार बैठक बसेर पनि उम्मेदवार टुङ्गाे लाग्न नसकेपछि उम्मेदवार छनोट गर्ने जिम्मा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको छ ।  कांग्रेसभित्र काठमाण्डौको मेयरको उम्मेदवारका सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णय हुन बाँकी छ । 

विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेश कोइरालालाई टिकट दिने भन्नेमा विवाद छ । भरतपुर महानगरपालिकाको उपमेयर चित्रसेन अधिकारीलाई दिने कि सूर्यकान्त घिमिरेलाई भन्नेमा विवाद छ ।

पोखराको उपमेयरमा पनि कोपिला रानाभाट र सुरेन्द्र बिजुक्छेको कसलाई दिने भन्नेमा सहमति जुटेको छैन । ललितपुरमा पनि चिरीबाबु महर्जनलाई नै दोहोर्याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा टुङ्गाे लाग्न बाँकी छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP