Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

उम्मेदवारी दर्ताको पहिलो दिन साढे १० हजारको मनोनयन

काठमाडौं :  स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता  चलिरहेको छ। उम्मेदवारी दर्ताको दोस्रो दिन आज पनि मनोनयन हुने निर्वाचन आयोगले जनाएको छ। 

तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आइतबार १० हजार ५३३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार पहिलो दिन सो संख्यामा उम्मेदवारी दर्ता भए पनि सबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुनेक्रम जारी छ। दोस्रो दिन पनि उम्मेदवारी दर्ताको समय दिइएकाले दोस्रो दिन अझ बढी उम्मेदवारी दर्ता हुने उनले बताए। 

सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले संख्या बढ्न सक्ने आयोगले जनाएको छ। 

निर्वाचन आयोगको सूचना प्रविधि शाखाले ती तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ। सो शाखाका अनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल नौ सय ७३, उपप्रमुख र उपाध्यक्षमा चार सय ९४, वडा अध्यक्षमा दुई हजार आठ सय २६ को उम्मेदवारी दर्ताको विवरण संकलन भएको छ।

वडा सदस्यमा तीन हजार एक सय ९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० उम्मेदवारी दर्ता भएको प्रारम्भिक तथ्याङ्क रहेको आयोगको भनाइ छ।

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते दुवै दिन बिहान १० बजे देखि ५ बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ। वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ।

सोहीअनुसार वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP