Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

दाङका १० वटै पालिकामा उम्मेदवारी दर्ता

दाङ – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि दाङका १० वटै पालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । दाङका विभिन्न पालिकामा आज साेमवार पाँच दलीय गठबन्धन, नेकपा एमाले, राप्रपा, नेकपा माले, मंगोल नेशनल अर्गनाइजेशन, विवकेशील साझासहित स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् । 

घोराही उपमहानगरपालिकामा गठबन्धनबाट मेयरमा हेमराज शर्मा (माओवादी) र उपमेयरमा भूपबहादुर डाँगी (कांग्रेस) ले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसीले मनोनयन दर्ता गराउनुभएको छ । राप्रपाबाट मेयरमा सरिता देवकोटा, मालेबाट मेयरमा नेत्रप्रकाश पाण्डे र स्वतन्त्रबाट मेयरमा श्रीमणकुमार शर्मा न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ । 

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट गेहेन्द्र गिरी र उपमेयरमा जोगबहादुर रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले गठबन्धनकातर्फबाट तुलसीपुरको मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको हो । 

नेकपा एमालेबाट तुलसीपुरको मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाजागाजा र र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खड्का र चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो । खड्का नेकपा एमाले दाङका पूर्वअध्यक्ष र चौधरी सामाजिक अभियन्ता हुनुहुन्छ । 

लमही नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगीले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनमा सहमति नभएपछि लमहीमा गठबन्धनका दलहरूले एक्ला–एक्लै उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट लमहीकाे मेयरमा डण्डीराम चौधरी  उपमेयरमा सुशीला शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।लमहीमा माओवादीबाट वसन्त शर्माले र उपमेयरमा गंगा पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

गढवा गाउँपालिकाकाे अध्यक्षमा माओवादीबाट यमनारायण शर्मा पोख्रेल र उपाध्यक्षमा एकीकृत समाजवादीकी शान्ति चौधरीले मनोनयन दर्ता गराउनुभएको छ ।

त्यसैगरी राप्ती गाउँपालिकामा माओवादीबाट प्रकाश विष्ट र जनमोर्चाबाट उपाध्यक्षमा केशव खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राजपुर गाउँपालिका अध्यक्षमा चक्रबहादुर खड्का र उपाध्यक्षमा पुष्पा यादव, बबई गाउँपालिकाको अध्यक्षमा भीमबहादुर वली र उपाध्यक्षमा अञ्जु घर्तीले मनोनयन दर्ता गराउनुभएको छ ।

दंगीशरण गाउँपालिका अध्यक्षमा मणिराम चौधरी र उपाध्यक्षमा विनिता चौधरी, शान्तिनगर गाउँपालिका अध्यक्षमा मोहन वली र उपाध्यक्षमा राधिका परियारले मनोनयन दर्ता गराउनुभएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP