Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

गुल्मीका ८ वटा स्थानीय तहमा पुरानै अनुहारको उम्मेदवारी

गुल्मी : गुल्मी जिल्लाबाट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गाउँपालिका प्रमुख र उपप्रमुखमा केही पुरानै अनुहार दोहोरिने भएका छन्।

दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेको जिल्लाका ८ वटा पालिकाबाट केही पुरानै अनुहार देखिने उम्मेदवार बनेका हुन्।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन (नेकपा) एमाले निर्वाचित मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्री, मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का, चन्द्रकोट गाउँपालिका उपाध्यक्ष राधिका अर्याल सोही पदमा पुनः दोहोरिने गरी उम्मेदवारी दर्ता गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसबाट निर्वाचित सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, कालिगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापा र उपाध्यक्ष पदमा जनमोर्चाबाट निर्वाचित तारा थापाले पुनः दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गरेकी हुन्।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट निर्वाचित धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले पालिका अध्यक्षमा मनोनयन दर्ता गराएका छन्।

त्यस्तै जिल्ला समन्वय समिति गुल्मी सदस्य पदमा रहेका चेतन बस्नेतले चन्द्रकोट गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्।

सत्यवती गाउँपालिकामा स्वतन्त्र उम्मेदवार ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कालिगण्डकी गाउँपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार घनश्याम ढकाल र उपाध्यक्षमा रमेश पाण्डेले मनोनयन दर्ता गराएका छन्।

मदाने गाउँपालिकामा स्वतन्त्र अध्यक्ष उम्मेदवारमा दिनेश कुँवर क्षेत्रीले मनोनयन दर्ता गरेका छन्।

मुसीकोट नगरपालिकामा नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बिपिन रायमाझीले उम्मेदवारी मनोनयन दर्ता गराए।

धेरै जसो स्थानीय तहमा दिउँसो साढे चार बजेबाट मात्रै मनोनयन सुरु भएकाे छ।

उम्मेदवारहरूले मनोनयन दर्ता गराउने क्रममा शक्ति प्रदर्शन समेत गरेर मनोनयन दर्ता गराउन पुगेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP