Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्याे : पाेखरेल

काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ । 

आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव पोखरेलले कांग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको पनि बताउनुभयो । उहाँले पालिका चुनावमा सत्तारुढ दलहरूले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले देशकाे सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित भइसकेको जिकिर गर्नुभयो । उहाँले सत्तारुढ दलहरूले पालिका चुनावमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको बताउनुभयो । 

महासचिव पोखरेलले भन्नुभयो, ‘नेकपा एमालेसँग सत्तारुढ दलहरूले एक्लै चुनाव लड्ने आँट गरेनन् । नेपालको सबैभन्दा पुरानो पार्टी भन्ने नेपाली कांग्रेस आज नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको छ । उसले चुनाव लड्नका लागि पनि अरूको सहारा खोज्नुपर्छ भन्ने कुरा स्पष्ट भएको छ । अब नेपालमा सबैभन्दा ठूलो पार्टीको रूपमा, राष्ट्रिय शक्तिको रूपमा एमाले आएको छ भन्ने कुरा यो चुनावले स्थापित गरेको छ ।’

महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लङ्घन गर्ने नेताका रूपमा माधवकुमार नेपाल रहेको टिप्पणीसमेत गर्नुभयो । उहाँले एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको पनि दोहोर्‍याउनुभयाे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP