Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जुम्लाका दुई स्थानीय तहमा मात्रै महिला प्रमुख उम्मेदवार

जुम्ला : जिल्लामा रहेका आठमध्ये दुई स्थानीय तहमा मात्रै प्रमुखमा महिलाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा रहेको जिल्लाका दुई पालिकामा मात्रै प्रमुख पदमा महिलाको उम्मेदवारी परेको हो।

चन्दननाथ नगरपालिकाको प्रमुखमा २८ वर्षीया जयालक्ष्मी चौलागाईँले उम्मेदवारी दिएकी छिन्। उनले एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी हुन्। एकीकृत समाजवादीले उपप्रमुखमा भीम थापालाई उठाएको छ ।

यस्तै नेकपा एमालेले गुठिचौर गाउँपालिकामा झुनमाया जैसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। ‘चुनाव जितिएला, हारिएला यो फरक कुरा हो’,जैसीले भनिन्, ‘पार्टीले महिलालाई चुनावी मैदानमा पठायो। यसैमा सन्तुष्ट छु।’ एमालेले गुठीचौर गाउँपालिकाको उपाध्यक्षमा प्रेम बुढालाई उम्मेदवार बनाएको छ।

अरु ६ वटा स्थानीय तहमा पुरुषले पालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका छन् भने महिलालाई उपप्रमुख तथा उपाध्यक्ष बनाएका छन्।

हरेक तह र तप्कामा समावेशीका नारा घन्किए पनि स्थानीय तहको निर्वाचनको उम्मेदवारीमा महिलाको निकै कम प्रतिनिधित्व देखिएको नागरिक समाजका अगुवा राजबहादुर महतले बताए। ‘समावेशी नारा नेताले भाषणमा मात्रै सीमित गरे’,  उनले भने, ‘कार्यान्वयन गरेनन्।’

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP