Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कर्णालीमा रहेन सत्ता गठबन्धन, एक्ला एक्लै उम्मेदवारी

सुर्खेत । सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले कर्णाली प्रदेशका आठ जिल्लामा सोमबारमात्रै जिल्लास्तरमा भागबन्डाको टुंगो लगाएर पठाएको थियो । उक्त सहमति पालिकामा कायम रहन् सकेन् ।

सत्ता गठबन्धनमा आवद्ध पाँचवटै दलको सहअस्तित्व स्वीकार गर्दै प्रदेशका ७९ मध्ये ६४ पालिकामा सिट बाँडफाँट गरेर साझा उम्मेदवार उठाउन प्रदेश संयन्त्रले निर्देशन दिएका थियो । तर, अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परेको छ ।

देशैभर गठबन्धन मिलाउने जिम्मा पाएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेत र रुकुम पश्चिममा भने गठबन्धनका दलहरूबीच तालमेल नै हुन सकेन । दलहरूले एक्ला एक्दै उम्मेदवारी दिएका छन् ।

प्रदेशका कतिपय पालिकामा गठबन्धनभित्र पनि गठबन्धन गरिएको छ । कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भएका भएका छन् ।

दैलेखमा दलबदल गरेर उम्मेदवारी

दैलेखको नारायण नगरपालिका बाहेक अन्य पालिकामा गठबन्धन दलहरूबाटै छुट्टाछुट्टै मनोनयन दर्ता भएको छ । नारायणमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच गरिएको भागबन्डा  अनुसार कांग्रेसबाट मेयरमा निर्मला खड्का र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) बाट सावित्री मल्लको मनोनयन दर्ता भएको छ ।

अन्य स्थानीय तहमा गठबन्धनमा रहेका दलहरूले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् । जिल्लाको भैरवी गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसले पाउने गरी गठबन्धन दलबीच सहमति भएको थियो । तर, दलहरूले छुटाछुटै उम्मेदवार उठाएका छन् ।

कांग्रेसबाट अध्यक्षमा रीता शाही र उपाध्यक्ष्मा देवी भण्डारीले उम्मेदवारी दिएकी छिन् भने माओवादी केन्द्रले पनि अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएको छ । त्यस्तै एकीकृत समाजवादीका जगतप्रसाद आचार्यले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

गठबन्धनको सहमति अनुसार नौमुले गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले पाउने टुंगो लागेको थियो । तर कांग्रेसबाट अध्यक्षमा मदे बुढा मगर र उपाध्यक्षमा अंमृता सिहंले उम्मेदवारी दिएकी छिन् । यी दुवैजना दुवै जनाले २०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष जितेका थिए ।

त्यस्तै माओवादीबाट पनि छवि सुवेदीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीबाट गंगबहादुर शाहीले उम्मेदवारी दिएका छन् । यहाँ माओवादी र समाजवादीबीच गडबन्धन गरिएको छ ।

समाजवादीबाट उपाध्यक्षमा उम्मेवदारी दिएका शाही नेपाली कांग्रेस नौमुले गाउँपालिकाको पार्टी सभापति थिए । उनी पार्टीले टिकट नदिएपछि सोमबार नै राजीनामा दिएर समाजवादीमा लागेका थिए ।

डुंगेश्वर गाँपालिकामा कांग्रेसकी एलिजा थापाले बागी उम्मेदवारी दिएकी छिन् । त्यहाँ अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीले पाउने गठबन्धन दलबीच सहमति भएको थियो । तर कांग्रेसले दुवै पदमा उम्मेदवारी दिएको छ ।

अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेसले पाउने सहमति भएको महावु गाउँपालिकामा दुवै पार्टीले दुईवटै पदमा उम्मेदवारी दिएका छन् । समाजवादीका जंगबहादुर शाही अध्यक्षमा मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्षमा पुण्य प्रभा दशौदी छिन् । नेपाली कांग्रेसकी केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेकी दशौदी समाजवादीमा प्रवेश गरेर उपाध्यक्ष बनेकी छिन् ।

कांग्रेसबाट अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा मन्जु पाण्डेले उम्मेदवारी दिएकी छिन् ।
कांग्रेसले दैलेखमा सत्ता गठबन्धन दलहरूबीचको भागबन्डा अनुसार आफ्नो उम्मेदवारहरू कायम गर्न निर्देशन दिएको छ ।

हुम्लाका सबै पालिकामा बागी उम्मेदवार

सात स्थानीय तह रहेको हुम्लामा ६ पालिका अध्यक्ष र ७ उपाध्यक्षमा बागी उम्मेदवारी परेको छ । ताँजाकोट गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका  कर्णाली प्रदेशका सह-सचिव लालकेश जैसीले मनोनयन दर्ता गरेका छन् । टिकट नपाएपछि माओवादी केन्द्रकै गोपाल बुढा र अकबिर खडकाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा उम्मेदवार बनेका छन् । उपाध्यक्षमा कांग्रेसका तिलकबहादुर शाहीले पनि उम्मेदवारी दिएका छन् ।

अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फ अध्यक्षमा कांग्रेसका मोहनबिक्रम सिहं र उपाध्यक्ष माओवादी केन्द्रका कर्ण रोकायाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट रुष्ट रहेका लोकेन्द्रबहादुर भण्डारीले स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

चंखेली गाउँपालिकामा गठबन्धनबाट अध्यक्ष माओवादीका गोविन्दबहादुर शाही, गठबन्धनकै उपाध्यक्षमा कांग्रेसकी मैना बुढाको उम्मेदवारी परेको छ । गठबन्धनबाट रुष्ट प्यारीलाल शाहीले अध्यक्ष र माओवादीका भैरव तामाङले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

चंखेली गाउँपालिकामा एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको छ । एमालेबाट अध्यक्षमा विमलाकुमारी शाही र समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् ।

सर्केगार्ड गाउँपालिकामा कांग्रेसकै मानदेव शाही र माओवादी केन्द्रका अकिल बुढाको स्वतन्त्र उम्मेदवारी परेको छ । उपाध्यक्षमै स्वतन्त्रमा ज्योति शाहीले पनि उम्मेवारी दिएकी छन् ।

खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कांग्रेसका अंगबहादुर शाहीले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सिमकोट गाउँपालिका कांग्रेसकै नन्दबहादुर शाहीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तैगरी उपाध्यक्षमा पनि कांग्रेसकै दीपबहादुर शाहीले उम्मेदवारी दिएका छन् । नाम्खा गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट स्वतन्त्रमा सूर्य लामा, कार्मा टुण्डुप लामा र कांग्रेसकै माया लामाले मनोनयन दर्ता गराएकी छिन् ।

कालीकोटमा माओवादी र एमालेबीच तालमेल

कालीकोटमा ९ वटा पालिकामध्ये अधिकांश पालिकाहरूमा गठबन्धनका दलहरुबीच अलग-अलग उम्मेदवारी दर्ता भएको छ ।

माओवादी केन्द्रका कालीबहादुर महतारा र हजार सुनारले रास्कोट नगरपालिकाको उपप्रमुखमा बागी उम्मेदवारी दिएका छन् । रास्कोटमा गठबन्धनका तर्फबाट माओवादीका मेयरमा धर्मराज शाही र उपमेयरमा एकीकृत समाजवादीका मनिराज बरालले उम्मेदवारी दिएका छन् । गठबन्धन दल कांग्रेसबाट नवराज बरालले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाको खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिका पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।

महावै गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एमालेबीच गठबन्धन गरिएको छ । अध्यक्षमा माओवादी केन्द्रबाट खेमबहादुर सिंह (भिजन) र एमालेबाट उपाध्यक्षमा दानसिंह सेजुवालले साझा उम्मेदवारी दिएका छन् । माओवादी बलियो रहेको महावैमा एमालेवीच तालमेल भएको हो ।

जाजरकोटका पाँच पालिकामा भाँडियो गठबन्धन

सात वटा पालिका रहेको जाजरकोटमा छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा गठबन्धन भएको छ । तर अन्य पाँच पालिकामा भने कतै बागी त कतै छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

सदरमुकाम भेरी नगरपालिकामा गठबन्धनको सहमति अनुसार मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेसले पाउने छन् । तर नेकपा माओवादी केन्द्रले मेयर र उपमेयर कुनै पद नपाएपछि गठबन्धनबाट बाहिरिएर उम्मेदवारी दर्ता गराएको छ ।

सत्ता गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका कमान खड्का र उपमेयरमा कांग्रेसकी सीता जैसीले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्रबाट गगन खड्काले मेयरमा र कृष्ण शर्माले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका सदन कार्कीले पनि मेयरमा उम्मेदवारी दिएका छन् ।

नलगाड नगरपालिकामा कांग्रेसभित्रै किचलो देखिएको छ । माओवादीले मेयर र कांग्रेसले उपमेयर पाउने गठबन्धनबीच सहमति भए पनि कांग्रेसका तीन जनाले मेयरमा उम्मेदवारी दिएका छन् ।

छवि पन्त, तेजबहादुर खत्री र बिनबहादुर सिंहले मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै कांग्रेसकी सुनिता सिंहले उपमेयरमा मनोनयन गराएकी छिन् । माओवादी केन्द्रबाट भने गठबन्धनको निर्देशन अनुसार मेयरमा डमर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको कुशे गाउँपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकामा पनि सत्ता गठबन्धन दलहरूले छुटा छुटै उम्मेदवारी दर्ता गराएका छन् ।

सल्यानमा माओवादी र समाजवादीबीच गठबन्धन

१० वटा पालिका रहेको सल्यानमा सत्ता गठबन्धनमा आवद्ध कांग्रेस बाहिरिएको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

जिल्लामा सत्ता गठबन्धनले नेपाली कांग्रेस चार, माओवादी केन्द्र चार र एकीकृत समाजवादीले दुई पालिका प्रमुख पाउने सहमती गरेको थियो । तर नेपाली कांग्रेसले गठबन्धनबाट बाहिरिएर १०  वटै पालिकामा एकल उम्मेदवारी दिएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेर १० पालिकामा संयुक्त उम्मेदवार उठाएका छन् । सात पालिका प्रमुखमा माओवादी र तीन पालिका प्रमुखमा समाजवादीले उम्मेदवारी दिएको छ ।

माओवादीले बागचौर, दार्मा र कुमाख गाउँपालिकामा पूरै सिटमा उम्मेदवारी दिएको छ । सारदा नगरपालिका, कुपिण्डे बन्गाड नगरपालिका र कालीमाटी गाउँपालिकाको प्रमुख र अध्यक्षमा माओवादीले उम्मेदवारी दिएको छ ।

सिद्धकुमाख, छत्रेश्वरी, कपुरकोट र त्रिवेणी गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका उम्मेवारले मनोनयन दर्ता गराएका छन् । सात पालिकाको उपप्रमुख/उपाध्यक्षमा माओवादी र तीन पालिकाको उपप्रमुख/उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवारले मनोनय गराएका छन् ।

हिमाली जिल्लामा पनि एक्ला एक्लै

कर्णाली प्रदेशका तीन हिमाली जिल्ला डोल्पा, जुम्ला र मुगुमा सत्ता गठबन्धन दलहरुबीच भागबन्डाको सहमति जुटे पनि तालमेल हुन सकेन् । डोल्पाका ८ वटै पालिकामा गठबन्धन भत्किएको छ ।

सत्ता गठबन्धनका दलहरूले एक्लाएक्लै उम्मेदवार उठाएका छन् । डोल्पामा बलियो देखिएको नेकपा एकीकृत समाजवादीले पूरै पालिकामा एकल उम्मेदवारी दिएपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि आ-आफनो तर्फबाट उम्मेदारी दिएका छन् ।

डोल्पाका केही पालिकामा भने एकीकृत समाजवादीले दम्भ देखाएको आरोप लगाउँदै  माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको छ ।

अर्को हिमाली जिल्ला मुगुमा खत्याड गाउँपालिका बाहेक अन्य तीन पालिकामा गठबन्धन भत्किएको छ । नेपाली कांग्रेस बलियो रहेको मुगुमा कांग्रेसले पेलेरै जान खोजेको  आरोप लगाउँदै माओवादी र समाजवादीले पनि एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन् । मुगुमा जम्मा चार स्थानीय तहमात्रै छन् ।

जुम्लामा पनि सत्ता गठबन्धन दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । आठ स्थानीय तह रहेको जुम्लामा माओवादी केन्द्र बलियो छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP