Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बैतडीमा १२ उम्मेदवारविरुद्ध उजुरी

बैतडी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका बैतडीका विभिन्न पालिकाका १२ उम्मेदवारविरुद्ध उजुरी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरप्रमुख र गाउँपालिकाका उपाध्यक्षका उम्मेदवारसहित १२ जना उम्मेदवारविरुद्ध उजुरी परेको हो।

जिल्लाको पाटन नगरपालिकामा सबैभन्दा बढी ७ उम्मेदवारविरुद्ध उजुरी परेको छ। एमालेबाट नगरप्रमुख पदका उम्मेदवार नारायणसिंह भण्डारीविरुद्ध २ जनाले उजुरी दिएको हो। भण्डारी लेखापरीक्षकका रुपमा कार्यरत रहेको भन्दै उजुरी परेको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले जानकारी दिए। यसका साथै वडा सदस्यका उम्मेदवारहरू हिरासिंह कठायत, प्रेमसिंह भाट, नवराज पाण्डेय, मानबहादुर बिष्ट र नवराज भट्टविरुद्ध उजुरी परेको छ।

शिवनाथ गाउँपालिकामा एमालेबाट उपाध्यक्षका उम्मेदवार शकुन्तला साउद, नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार नरेन्द्र साउद र वडा अध्यक्षका उम्मेदवार भरतराम पार्कीविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पञ्चेश्वर गाउँपालिकामा वडा नं ६ का वडा अध्यक्षका उम्मेदवार रामसिंह पुजारा र बलबहादुर भण्डारीविरुद्ध उजुरी परेको छ। पुजाराविरुद्ध पेश्की फर्छ्यौट नगरेको उजुरी परेको र भण्डारीविरुद्ध फौजदारी अभियोगमा सजाय भोगेको भनेर उजुरी परेको हो।

उम्मेदवारविरुद्ध परेका उजुरीका विषयमा भोलि (बिहीबार) सम्म छानबिन भइसक्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए। स्थानीय निर्वाचनका लागि बैतडीमा ४ सय ४० पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १ हजार ४ सय ४२ जनाको उम्मेदवारी दर्ता भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP