Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सिनियर फुटबल खेलाडीले गरे प्रशिक्षक अलमुताइरीविरुद्ध ‘विद्रोह’

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम नयाँ संकटमा फसेको छ। विभिन्न हर्कतका कारण चर्चामा रहने राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पछिल्लो समय खेलाडीले विद्रोह गरेपछि पुनः चर्चामा आएका हुन्।

पछिल्लो समय खेलाडीप्रति चरम पूर्वाग्रही भएको आरोप लागेका अलमुताइरीविरुद्ध ९ खेलाडीले विद्रोह गर्दै क्लोज क्याम्प छाडेका छन्। आसन्न एसिया कप छनोटका लागि एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित  वर्ल्ड ट्रेड सेन्टरमा रहेको एक होटलमा राखेको थियो। प्रशिक्षकले पछिल्लो समय राष्ट्रिय खेलाडीमाथि अपमानपूर्ण व्यवहार गरेको भन्दै सिनियर खेलाडीले एन्फालाई जानकारी नै नदिई होटल छाडेपछि नेपाली फुटबल नयाँ समस्यामा फसेको छ।

मुख्य रूपमा प्रशिक्षक अलमुताइरी र सिनियर खेलाडी रोहित चन्दबीच सुरु भएको ‘टसल’ नेपाली फुटबल राजनितिमा हट केक बन्ने पक्का भएको छ। रोहितले प्रशिक्षक समक्ष व्यवस्थापनका विषयमा असन्तुष्टि राखेपछि अलमुताइरीले उनलाई क्याम्पबाटै हटाइदिएका थिए। जवाफमा रोहितको समर्थनमा रहेका सिनियर ९ खेलाडीले क्लोज क्याम्प मात्र छाडेनन् होटलबाटै राति नै बाहिरिए।

एन्फा स्रोतका अनुसार क्लोज क्याम्प छोड्नेमा रोहित सहित विशाल श्रेष्ठ,  अनन्त तामाङ,  अन्जन विष्ट,  सुमन लामा,  तेज तामाङ,  विशाल राई,  विमल घर्ती मगर लगायत खेलाडी छन्। सिनियर खेलाडीले क्लोज क्याम्प छाडेसँगै अलमुताइरीले जुनियर १४ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP