Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

धादिङमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० जना घाइते

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप हुदा २० जना भन्दा बढी घाइते भएका छन्। 

झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। उन टाउको, दाहिने आँखा, दाँत लगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। यस्तै झडपमा अन्य २० बढी घाइते भएकाे प्रहरीको भनाइ छ। 

घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनावी प्रचारप्रसारमा गरिरहेको अवस्थामा झडप भएको स्थानीय बताउँछ।  चुनावी प्रचारमा लागेका दुई पार्टीका कार्यकर्ताबीच जम्काभेट हुँदा झडप भएको उनको भनाइ छ। 

नेपाली कांग्रेस भने आफ्ना कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको खबर पाएर जादा उनीहरुले पुनः आक्रमण गरेको बताएका छन्। 

झडप भैसकेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले एक अर्कालाई दोष दिइरहेका छन्। नेपाली कांग्रेसले माओवादी कार्यकर्तालाई आक्रमण गरेको कारण झगडा शुरु भएको माओवादीका एक कार्यकर्ताले बताए। 

धादिङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी विच तालमेल गरिएको छ। नीलकण्ठ नगरपालिकामा मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई भाग परेको हो। तर दलहरुले नीलकण्ठ नगरपालिकामा वडा नम्बर ६ मा आ–आफ्नै उम्मेदवार उठाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP